साजिर मन्सूर
कलैया,भदौ २९

“बालबालिकामा लगानी: सुनिश्चित भविस्यको थालनी”
भन्ने मुल नारा सहित राष्ट्रिय बाल दिवस २०८० लाई रास्ट्रीय निजि तथा आवाशिय बिधालय एशोसिएशन नेपाल (एन प्याब्सन) बाराले ५९ औ रास्ट्रीय बाल दिवस धुमधामका साथ मनाउदै छ । एन प्याब्सन बाराले दिवसका अवसरमा आज सदरमुकाम कलैयामा प्रभातफेरी गरेको छ । बालबालिकाहरुको बाक्लो सहभागीताको बिच कलैया नगरको परिक्रमा गरिएको एन प्याब्सन जिल्ला अध्यक्ष प्रभुलाल कुश्वाहाले जानकारी गराएका छन । प्रभात फेरि पश्चात् बाल एकता प्लस कलेजको प्राङ्गणमा कोण सभामा परिणत भैइ त्यहा बालबालिकाको लागि आजको समयमा चाहिने शिक्षा बारे छलफल गरिने र त्यहा कक्षा ५ सम्मका बालबालिका स्पुन मार्बल रेस प्रतियोगितामा सहभागी हुन सक्ने एन प्याब्सन बाराका उपाध्यक्ष सुमोध सरार्फले बताउनु भयो । एन प्याब्सन बारामा हाल १४८ वटा बिधालयका सन्चालक सदस्य रहेको र हरेकले बाराको शिक्षामा महत्वपूर्ण योगदान गरिरहेको अध्यक्ष कुश्वाहाले जनाएका छन ।
आज सम्पन्न स्पुन मार्बल रेस प्रतियोगितामा डायमन्ड ईङ्लिश बोर्डिङ पटेर्वाका राजकुमार पटेल प्रथम,दिप ईङ्लिश बोर्डिङ कन्चनपुरका चन्दन यादव दोस्रो,माईन्ड लाईट निजगढ को सोनम सिंह मोक्तान तेश्रो भए यस्तै छात्रा तर्फ डायमण्ड पटेर्वाकी पृती यादव प्रथम,मदर ल्यान्ड बेलहियाकी सन्ध्या मण्डल दोश्रो र बिध्या मन्दिर मधुवन कि सृष्टि साह तेस्रो भएकी एन प्याब्सन बाराले जनाएको छ ।
बिजेता हुने बिधालयका सहभागी खेलाडी बिद्यार्थीहरुलाई ट्रफी,मेडल,प्रमाणपत्र सहित प्रथम हुने बिद्यार्थीलाई ४ महिना निशुल्क छात्रवृत्ति,दोश्रो हुनेलाई ३ महिना र तेस्रो हुनेले २ महिनाको पुर्ण छात्रवृत्ति उपलब्ध गराउने एन प्याब्सन बाराका अध्यक्ष कुश्वाहाले जनाएका छन ।
यस अगाडि जिल्ला अध्यक्ष कुश्वाहाको अध्यक्षता एवम एन प्याब्सनका केन्द्रिय सचिव अलिमहमद अन्सारीको प्रमुख आतिथ्यमा भएको उदघाटन समारोहमा,कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम बिश्वास ठाकुर,बरिस्ठ उपाध्यक्ष सुमोध सरार्फ,एन प्याब्सनका जिल्ला सदस्यहरु क्रमशः रबिन्द्र कुमार साह,सानुबाबु अधिकारी,रामबिनेश बैठा,नम्रता रिजाल,यादव नाथ पौडेल,महागढिमाई नगरपालिकाको एन प्याब्सन अध्यक्ष सिकेन्द्र प्रसाद साह,ग्यालेक्सी बोर्डिङका शिक्षक रिता आचार्य,पवन सरार्फ,बिश्वास एफएम कलैया प्रबन्धक साजिर मन्सूर लगायतकाको उपस्थिति रहेको थियो ।
बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारले स्वागत गरेको कार्यक्रमको सन्चालन बाल एकताका शिक्षक बिजय प्रसाद साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर