साजिर मन्सूर
कलैया,असोज २

बाराकै लोकप्रिय शैक्षिक संस्था श्री दुर्गा माबी बरेवा बैरिया कलैया ७ का बिधालय ब्यवस्थापन समितिका अध्यक्ष एवम काङ्ग्रेस युवा नेता औधेश प्रसाद यादव रास्ट्रीय शिक्षा पुरस्कार २०८० बाट सम्मानित हुन सिफारिस भएका छन । यादवले बाराको शिक्षामा महत्वपूर्ण योगदान दिन दुर्गा माबी लाई भौतिक पुर्वाधार र शैक्षिक गतिविधि मा अब्बल गराउदै दुर्गा माबी लाई सरकारको नमुना बनाउन सफल भएका युवा हुन । यादव बिधालयको अध्यक्ष भएदेखी बिधालयको कायापलट नै भएको दुर्गा माबिका प्रधानाध्यापक मनोज यादवले बताएका छन । बिधालयको हरेक पछ लाई नजिकबाट बुझेर शान्त बाताबरणमा यादवले सबैलाई सन्तुष्ट गर्ने खालको निर्णय गर्ने छमता रहेकोले पनि त्यो बिधालय अहिले चर्चाको चुलिमा पुगेको हो । यता शिक्षा प्रेमिहरुले समेत मन्त्रालय को यो निर्णय प्रती खुशी ब्यक्त गरेका छन ।

यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ शिक्षा दिवस मनाइँदै छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो ।
०६२/०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन पारेर यसवर्षदेखि असोज २ गते दिवस मनाउने निर्णय हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाको नामावली सार्वजनिक गरेको छ । पुरस्कृत हुने सार्वजनिक विद्यालयतर्फ कमला माध्यमिक विद्यालय, मैनी सिन्धुली, कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास सिन्धुली र नारायण माध्यमिक विद्यालय, कुमाख सल्यान, निजी लगानीका विद्यालयतर्फ प्रसादी एकेडेमी, ललितपुर, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाण्डौ, बूढानीलकण्ठ स्कुल, नारायणस्थान काठमाण्डौ रहेका छन् ।
त्यस्तै, प्राविधिक शिक्षालयतर्फ कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रूपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा मोरङ, लाइफ लाइन अस्पताल प्रालि, दमक झापा, आदर्श माध्यमिक विद्यालय, विराटनगर मोरङ रहेका छन् ।
क्याम्पसतर्फ पुल्चोक क्याम्पस, ललितपुर, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल रूपन्देही, काठमाण्डौ मोडेल कलेज, बागबजार तथा समाज कल्याण शिक्षा पुरस्कारतर्फ एसओएस बालग्राम, मध्यपुर ठिमी, भक्तपुर र कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर सुर्खेत रहेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर