साजिर मन्सूर
कलैया,असोज ४
केवल राजनितिले मधेस सम्पन्न नहुने बताउदै नेपालमा एकदमै अलग र लोकप्रिय छबि बनाएका नेताका रुपमा रहेका स्वतन्त्र निर्वाचित प्रतिनिधि सभा सदस्य डाक्टर अमरेश सिंहले बताएका छन । बिश्वास एफएम सङ्गको कुराकानिमा डाक्टर सिंहले मधेशमा अहिले शिक्षा र कृषि ध्वस्त भएको छ जसका कारण यहाको समाज पछाडि हुँदै गएको उल्लेख गरेका छन । नेपाललाई सम्पुर्ण रुपले पछाडी पार्न यहाको शिक्षा र कृषि को मेरुदण्ड लाई नै कमजोर पार्न खोजिएको आरोप लगाएका छन । नेपाललाई कृषि प्रधान देश भनेर मात्र चित बुझाउने तर एउटा पनि मल खादको कम्पनी नरहनु आफैमा हास्यास्पद भएको बताएका छन । देशले आफ्नो समृद्धिका लागि सारा युवाको साथ खोजिरहेको बताउदै डा. सिंहले यसमा सबैको साथ हुनुपर्ने बताएका छन । सेवा भावले मधेसको गाउँ तप्का र समुदायको पदयात्रा गर्न हिडेको डा. सिंहले बताएका छन ।
डा. सिंहले मधेश अहिले कसरी चल्दै छ? यहाका युवा,ब्यवसायी,उधोगी,ब्यापारी,आम जनता सबैले के सोच्दै छ यी सबैको अध्ययनका लागि मधेशको सबै १३६ स्थानिय सरकामा एक एक दिन जनता सङ्ग रहने बताएका छन ।
डा. सिंहले धर्मको नाममा लडाइँ गरेर नेपाललाई बर्बाद हुँदै गएको बताए । भारतको बिहार र अन्य छिमेकि राज्यमा २०२४ मा हुने निर्वाचनमा भाजपालाई जिताउन नेपालको भुमिमा हिन्दु मुस्लिम गराउन खोजेको र यसमा सबै नागरिक सचेत हुनुपर्ने बताए ।प्रतिनिधि सभा सदस्य डा. सिंहले नेपालको शिक्षा छेत्रमा ब्यवस्थापन समितिको अवधारणाले नेपालको सामुदायिक बिधालय ध्वस्त हुँदै गएको बताए ।
देशको कुल जनसंख्या को ७० प्रतिशत जन संख्या केवल मधेसमा रहेको तर वास्तविक डाटा लुकाएर प्रस्तुत गरिएको डा. सिंहले बताएका छन ।
डा. सिंहले जनताको बिश्वास जित्न सकिन्छ कि सकिन्न यो कुराले राजनितिमा महत्व राख्ने बताउदै अहिलेको समयमा देशका सबै पार्टीले आफुलाई भित्र्याउन अफर गरे पनि मैले नाई भने र केवल जनताले दिएको आदेशानुर काम गर्छु भनिसकेको बताए ।
देशमा परिवर्तनका लागि जनताले चाहेको समाजिक सौहार्द कायम गर्न,शिक्षा र कृषि को बिकास कान्लागी मेरो पहिलो प्राथमिकता रहेको बताएका छन ।
देशका युवा वैदेशिक रोजगारीको लागि जानै पर्ने भयो भने युरोप अस्ट्रेलिया तिर जाओस भन्ने आफ्नो चाहना भएको र सोका लागि राज्यले बाताबरण बनाउनुपर्नेमा जोड रहेको बताएका छन ।
सिंहले आफू केवल पिडितको आवाज बन्न मात्र चाहन्छु बताउदै नेताको सदाचार र निस्ठाले मात्र जनता सम्मुनत हुने तर्क राखेका छन ।
नेपालमा बर्तमान केवल राजनीतिको ब्यापारिकरण,पारिवारिकरण,भ्रस्टिकरण मौलाएको र यसबाट सबै मुक्त हुनुपर्छ सिंहले भने ।
पद यात्राका क्रममा आफू सबै हाईस्कुलमा जान्छु भन्दै उनले देशलाई समृद्धि तिर लान केवल शैक्षिक स्तर उकासे पुग्ने बताए ।
सिंहले हालको शिक्षक आन्दोलनका बिषयमा बोल्दै कुनैपनी दलको शिक्षक संघसंगठन बनाउनु हुदैन भन्नेमा आफु रहेको बताउदै देशको नागरिकले तिरेको करबाट तलब खाएर राजनिती गर्न पाईदैन भन्नेमा आफू रहेको बताए । राजनिती नै गर्ने भए सबैलाई राजिनामा दिएर आउन भने ।