साजिर मन्सूर
कलैया,२०८० असोज १२
“नेपालमा दलित दलित तथा सिमान्तकृत महिलाको अधिकार सुदृढीकरण परियोजना” अन्तरगत कलैयामा नव गठित उदमी समुहलाई ५ दिने उधमशिलता तालिमको समापन गरिएको छ । कलैया स्थित बारा उधोग बाणिज्य संघको हलमा कार्यक्रम को समापन गरिएको हो । असोज ८ गते देखि शुरु तालिमको समापन गरिएको संस्था कि अध्यक्ष किसमती रामले जानकारी गराईन ।
सम्पन्न तालिममा कलैया उपमहानगरपालिकाको वडा नम्बर १०,१४ र २५ त्यस्तै प्रसौनी गाउपालिका वडा नम्बर ५ र ७ का गरि ३० जना दलित महिलाहरुलाई तालिम दिइएको आयोजक संस्थाका अध्यक्ष किसमती रामले जनाईन ।
अध्यक्ष रामले समापनको अवसरमा बोल्दै परियोजना लागु रहेको कलैयाको २७ र प्रसौनिको ७ वडा गरि ३४ वडाका दलित महिला जनप्रतिनिधिको नेतृत्व बिकास सङ्गै सो वडाका सबै दलित सिमान्तकृत बर्गको आर्थिक स्तर उकास्नु रहेको बताएकी छन । अध्यक्ष रामले दलित महिला संघ बाराले जिल्लाको हरेक दलित समुदायलाई उकास्ने कार्य गर्दै आएको र समय समयमा यसका लागि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै आएको समेत बताएकी छ्न ।
अध्यक्ष रामले तालिम बाट सबैको आर्थिक स्तर उकास्ने योजना रहेको बताईन ।
परियोजनाको मुख्य उदेश्य दलित तथा सिमान्तकृत महिलाहरुको मानव अधिकार सुदृढीकरण गर्नु रहेको रामले बताएकी हुन ।
केआईओएस फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न तालिमको आयोजना दलित महिला संघ बाराले गरेको तालिम ब्यवस्थापक जयप्रकाश रामले जनाएका छन ।
तालिममा सहजीकरण जनकपुरका रघुबिर रायले गरेका थिए ।