साजिर मन्सूर
कलैया,असोज २६
नेपालको रास्ट्रीय पर्व दशै सङ्गै दिपावली तथा छठ पर्वको अवसरमा जनमत पार्टी बारा द्वारा जिल्ला सदरमुकाम कलैयामा भब्य रुपमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एभरेस्ट लजको सभाहलमा आयोजित सुभकामना आदानप्रदान कार्यक्रममा जनमत पार्टीका सयौ नेता कार्यकर्ता सहित विभिन्न पार्टीका पदाधिकारी तथा प्रतिनिधिले सुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।



कार्यक्रममा बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहले सुभकामना दिदै बारामा एउटा नाका खोल्नुपर्ने बताए ।
नेमकिपा बाराका अध्यक्ष मुक्ति यादवले अहिलेका वडा अध्यक्षहरु दुई दुई लाख छुट्याएर भ्रमण गर्न गैरहेको देखिएको छ जुन पुर्ण रुपमा भ्रस्टाचार भैरहेको आरोप लगाएका छन ।
बिबेकशिल साझा पार्टी बाराका अध्यक्ष डा. सुशील साहले देशको कुरा आउदा सारा पार्टी एक ठाउँमा उभिनुपर्ने बताएका छन । रास्ट्रीय पर्वका बेला जसरी सबै एक भएर सुभकामना आदानप्रदान गर्दै आएका छौ देशको बिकास र रास्ट्रीयताको बिषयमा एक हुनुपर्ने बताएका छन ।
माओवादी केंद्र कलैया नगर सभापति युवा नेता मुकेश साहले जनमत का नेता शिवनाथ पटेलको अगुवाईमा अगाडी बढिरहेको जनमतले बारामा उल्लेखनीय काम गर्दै आएको बताए । बारामा यो बर्ष सबै भन्दा पहिले जनमतले सुभकामना आदानप्रदान कार्यक्रम गरेर अन्य सबै दललाई पछाडी परेको छ । सबै पर्वलाई आधुनिकता तर्फ मोडेर लगिएकोले परमपरा पनि लोप हुँदै गएको बताए । ब्याजमा पैसा लिएर देखासिखी रुपमा तडकभडक रुपमा पर्वहरु गर्न नहुनेमा जोड दिए ।
काङ्ग्रेस जिल्ला कमिटी सदस्य रबिकिरण साहले जनमत पार्टीले थोरै समयमा मधेशमा धेरै लोकप्रियता कमाएको भन्दै प्रसंशा गरेका छन ।
लोसपा रास्ट्रीय सहमहामन्त्री श्याम गुप्ताले सम्पुर्ण जनताको सफलताको सुभकामना ब्यक्त गरे । गुप्ताले जनमत आफ्नो साङ्गठनिक बिस्तार गर्नमा द्रुत गतिमा अगाडी बढेको आफुले महसुस गरेको बताएका छन । देशमा शान्ति का लागि प्रार्थना गरे गुप्ताले । समाजमा पछिल्लो समयमा धार्मिक मतभेद गराउनेहरु सल्बलाईरहेको भन्दै जातिय द्वन्द गराउन खोज्नेलाई सरकारले समयमै कडा कार्वाही गरोस भन्दै सबै नकारात्मक तत्वको अन्त्य होस भनेर गुप्ताले सुभकामना ब्यक्त गरेका छन । देशमा संघीयता समाप्त पार्ने षडयन्त्र भैरहेको बन्दै गुप्ताले सहिदका सपना पूरा गर्न सबै लाग्नुपर्ने बताए ।
जसपा केन्द्रिय सदस्य एवम पुर्व प्रदेश सभा सदस्य पारस साहले असत्य माथी सत्यको जित भए जस्तै अहिलेको समयमा पनि बढ्दै गएको पापको अन्त्य होस भनेर सुभकामना व्यक्त गरे । साहले समयको सहि माग र जनताको चीत्कार अनुरुप परम्परागत पार्टी परिवर्तन गर्न नसक्दा नेपालको बिकास हुन नसकेको बताए । संस्कार व्यवहार र बिचार नभएको नेताले आफ्नो समाज र जनताको लागि केही गर्न नसक्ने बताए । 
जनमत पार्टी का केन्द्रिय सदस्य एवम बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेलको अध्यक्षता एवम जनमत पार्टीका केन्द्रिय सचिव एवम मधेस प्रदेश सरकारका पुर्व राज्य मन्त्री सन्जय यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह गोल्डेन,जनमत पार्टीका कार्यकारी सदस्य रोषन खातुन,जनमत पार्टी का केन्द्रीय सदस्य तथा राजनितीक सदस्य प्रभु पटेल,कामेस्वर यादव,जनमत पार्टी मधेस प्रदेश सदस्य सन्तोष पटेल,राहत शिक्षक संघका केन्द्रिय उपाध्यक्ष बिनोद पास्वान सहित लगायत जनमत पार्टीका गाउँ गाउका जनमत पार्टीका कार्यकर्ता उपस्थित रहेका थिए ।
उक्त अवसरमा सुभकामना आदानप्रदान सहित चियापान कार्यक्रमको समेत ब्यवस्था गरिएको थियो ।
जनमत बाराको युवा संघका अध्यक्ष बिकास सिंहले संचालन गरेको कार्यक्रममा स्वागत जनमत बाराको सूचना प्रचारप्रसार प्रमुख राजकुमार कुश्वाहाले गरेका थिए ।







