कलैया ।बारा मा कोरोना भाइरस सङ्क्रमण विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २५ गते ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बारा का निमित्त प्रमुख रामनरेश यादव ले एक सूचना जारी गर्दै गत जेठ २५ गते ६२ वर्ष उमेर समूहले खोपको पहिलो मात्रा लगाएका ले असार २५ गते दोस्रो डोज लगाउन पाउने छन ।
खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने निमित्त प्रमुख ले बताए ।
जनस्वास्थ्य कार्यालय ले जिल्ला मा संचालित खोप केन्द्र मा एक जना स्वास्थ्यकर्मी र तीन जना स्वयंसेवक मात्र परिचालन गर्न निर्देशन दिएको छ ।