साजिर मन्सूर
कलैया,असोज २७
बाराको सदरमुकाममा रहेको जेठो क्याम्पस रामराजा मो बि साह बहुमुखी क्यामपस कलैयाको१६ औ क्याम्पस सभा शुरु गरेको छ । क्याम्पस प्राङ्गणमा शुरु भएको सभामा प्रमुख अतिथि पुर्व प्रदेश सभा सदस्य पारस साहले यो क्याम्पसले बाराको शिक्षामा रामराजाको अग्रणी भुमिका रहेको बताए । प्रमुख अतिथि साहले रामराजाको बिकासमा आफुले जति सम्भव छ त्यो सहयोग गर्दै आएको बताए र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
क्याम्पसका पुर्व अध्यक्ष प्रभु पटेलले २०३८ सालमा स्थापित यो क्याम्पसमा सम्बन्धित निकायले बेईमानी गर्दा समयानुकूल बिकास हुन बाट बन्चित हुन पुगेको बताए । पटेलले यो क्याम्पस अन्य क्याम्पसको तुलनामा गुणस्तरीय शिक्षा दिदै आएको ठोकुवा गरेका छन । क्याम्पसको बारेमा गलत प्रचारप्रसार गर्ने केही समूह सङ्ग सचेत रहन आग्रह गरे ।
क्याम्पस सभाको उदघाटनमा बोल्दै बिश्वास एफएम कलैयाको प्रबन्धक साजिर मन्सूरले क्याम्पस सभा सदस्यहरु किन आएनन भनेर प्रशन गरे । मन्सूरले सभा सदस्यका छोराछोरी यो क्याम्पसमा पढ्नुपर्ने बताउनुभयो । मन्सूरले क्याम्पसका पुर्व बिद्यार्थीलाई सम्मान गर्दा उनिहरुसङ्ग क्यामप्सका लागि वहाहरुले सहयोग के गर्ने भनेर आग्रह गर्न सक्नुपर्ने बताए ? मन्सूरले कलैयालाई शैक्षिक हब बनाउन रामराजाले प्रत्येक बर्ष शैक्षिक मेलाको आयोजना गर्न सुझाए । दाताको नामले भौतिक संरचना बनाएर सहयोग लिन सकिने मन्सूरले सुझाए । मन्सूरले दशै दिवाली छठको सुभकामना दिदै कार्यक्रमको सफलताको कामना गरे ।
नेपालमा केवल लेबर उत्पादन गर्ने शिक्षा प्रणालीको बिकास हुँदै गएको प्रती पुर्व क्याम्पस प्रमुख सुबास प्रसादले बताए । यसै गरि नेपाली बिद्यार्थी बिदेशिने हो भने नेपाल नै बृदाश्रम हुने बताए ।
क्यामपस सभाको अवसरमा पुर्व बिद्यार्थी जो आज सरकारी पदमा छन त्यस्ता ५ जनालाई सम्मानित समेत गरिएको क्याम्पस प्रमुख कुश्वाहाले जनाए । सम्मानित हुनेमा रास्ट्र बैंक का सहायक निर्देशक श्यामसुन्दर प्रसाद केशरी,फेटा गाउँपालिकाका प्रसासकिय अधिकृत सुनिल साह,जिल्ला प्रसासन कार्यालय बाराको गितान्जली सिंह लाई सम्मानित गरिएको थियो ।
हाल ७० जना क्याम्पस सभा सदस्य रहेको कयाम्पसमा ३० जना शिक्षक,बिद्यार्थी १३४५ जना अध्ययनरत रहेको क्याम्पस प्रमुख कुश्वाहाले जानकारी गराए ।
क्याम्पसका अध्यक्ष जङ्गबहादुर चौरसियाको अध्यक्षता एवम पुर्व प्रदेश सभा सदस्य पारस साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काङ्ग्रेस बाराको प्रतिनिधि तथा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,जसपा केन्द्रिय सदस्य रामकिशोर यादव,नेमकिपा बाराका अध्यक्ष मुक्ती यादव,लोसपाका सहमहामन्त्री श्याम गुप्ता,समाजसेवी राजेन्द्र सिंह खडका,जनमत पार्टीका केन्द्रिय सदस्य तथा क्याम्पसका पुर्व अध्यक्ष प्रभु पटेल,नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति बाराको प्रमुख पन्नालाल कुश्वाहा,गढिमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय स्वर्णकार,समाजसेवी हिरालाल साह,क्याम्पस कोषाध्यक्ष सरस्वती खरेल,क्याम्पस सभा सदस्य योगेन्द्र कुश्वाहा,श्रीप्रसाद पास्वान,सदस्य मालती सिंह,रबिन्द्र गिरि,सहायक क्याम्प्स प्रमुख (प्रसासनिक)निबेश तिमिल्सिना,सहायक क्याम्पस प्रमुख (शैक्षिक) हेतनारायण चौधरी,नि बर्तमान क्याम्पस प्रमुख नन्दन साह,पुर्व क्याम्पस प्रमुख प्रेम कुमार उपाध्याय,नेपाल महिला संघ बाराको अध्यक्ष बबिता जयस्वाल,जनमत पार्टी को कार्यकारिणी सदस्य रामबाबु साह लगायतका को सहभागीता रहेको थियो ।
क्याम्पस सभा सदस्य श्रीप्रसाद पास्वानले स्वागत गरेको कार्यक्रमको सन्चालन क्याम्पसका अनुसासन तथा अतिरिक्त कृयाकलाप प्रमुख अमित मिश्रले गरेका थिए ।