साजिर मन्सूर
कलैया,असोज २८

रक्तदान गरि गरौ जीवन दान भन्ने नारा सहित रक्तदान गरि गरौ जीवन दान भन्ने नारा सहित राजदेबी साङ्गितिक समुह कलैया द्वारा खुल्ला रक्तदान को आयोजना गरिएको छ। मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा आमाछोरी सहित कैयौले रक्तदान गरेका छन । नेपाल प्रेस युनियन बाराकी सदस्य अन्जली गुप्ता र उन्कि आमा रिता देबिले सङ्गै रक्तदान गरेका छन । निरज नेपाली,सबिन सिग्देल,सन्जय पटेल,लक्ष्मी भट्टराई लगायतकाले रक्तदान गरेका छन ।
महिला ८ जना र पुरुष ४४ जना गरि ५२ जनाले रक्तदान गरेका छन ।
समुहले मानव कल्याण हेतु कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर हरेक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समुहका अध्यक्ष निरज नेपालिले जनाए ।

समुहको २० औ बार्षिक उत्सवको अवसर एवम दशैको उपलक्ष्यमा समुहले सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना ब्यक्त गरेको छ् ।

संस्थाका अध्यक्ष निरज नेपालिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका कुमार खड्का,कलैया उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्ष मोहन बहादुर छेत्री,काङ्ग्रेस नेता दिब्यनाथ श्रेष्ठ,समाजसेवी जङ्गबहादुर यादव,डा.मनोज यादव,रक्त सञ्चार केंद्र बिरगंज का प्रमुख सौरभराज पान्डे,सन्जय पटेल,पत्रकारहरु साजिर मन्सूर,सिकेन्द्र पास्वान,अजय साह,लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रम को सन्चालन सबिन सिग्देलले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार