साजिर मन्सूर
कलैया,कार्तिक २
आजदेखी धनुषाको बटेश्वर गाउँपालिकामा शुरु प्रदेशस्तरीय तीन दिवसीय महिला कबड्डी प्रतियोगिता बारालाई हराउदै आयोजक धनुषा बिजयी भएको छ ।
स्थानीय शिवशक्ति युथ क्लबको आयोजना तथा बटेश्वर गाउँपालिका–४ कार्यालयको आर्थिक सहयोगमा कबड्डी प्रतियोगिता सुरु भएको हो ।
उदघाटन खेलमा धनुषाले बारालाई ३३ अंकले हराएको हो । धनुषाले निर्धारित समयामा ५५ अन्क जोड्दा बारा भने २२ अन्क मात्र जोड्न सक्यो । धनुषाको खेलाडी दिब्या साह खेलको उत्कृष्ट खेलाडी बनिन ।
यस्तै आजै भएको दोश्रो खेलम रौतहटले पर्सालाई २१ अंकले पछि पारेर खेल जितेको छ ।
रौतहटले ४६ अन्क ल्याउदा पर्साले २५ अंक ल्यायो । रौतहटकी जल्सा चौधरी उक्त खेलको उत्कृष्ट खेलाडी चुनिईन ।
भोलिको खेल धनुषाको आयोजक टिम शिवशक्ति युथ क्लब र सिरहा, महोत्तरी र सर्लाहीबीच खेल हुने आयोजकले जनाएको छ ।
कबड्डी प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका टिम सहभागी छन् । पहिलो हुनेले ५१ हजार, दोस्रोले २५ हजार र तेस्रोले ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।







