सप्तरी ।सप्तरीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला को अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा सोही गाउँपालिकाको एक एक नम्बर वडामा बस्ने महाकुमारी साह को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर पर मृतावस्थामा उनको शव भेटिएको हो ।घटना विषयमा थप अनुसन्धान भइरहेको काफ्ले ले बताए ।
आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।