साजिर मन्सूर
कलैया,२०८० कार्तिक २३
संविधान सभा सदस्य तथा काङ्ग्रेस नेता डा. शोभाकर पराजुलीले नेपालिहरुको विभिन्न पर्वका अवसरमा सुभकामना बक्तब्य जारी गरेका छन । पराजुलीले बक्तब्यमा भनेका छन ।
१) वि. स. २०८० (इ. स. 2023) को कार्तिक २३ गतेदेखि ऐ. मंसिर ३ गतेसम्मका सबै पर्व/ अवसर “[रमा एकादशी व्रत/ विश्व स्वतन्त्रता दिवस, धन त्रयोदशी व्रत (धनतेरस्)/ प्रदोष व्रत/ शान्ति र विकासका लागि विश्व विज्ञान दिवस, काग तिहार/ धनवन्तरी जयन्ति/ महागुरु फाल्गुनन्द जयन्ति, लक्ष्मी पूजा/ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ति/ नरक चतुर्दशी/ सुखरात्री/ कुकुर तिहार, गाई तिहार/ सोमबारे औँसी, गोबर्धन पूजा/ म्ह: पूजा/ नेपाल सम्वत् ११४४ प्रारम्भ/ विश्व मधुमेह दिवस, भाइ टीका/ किजा पूजा, अन्तरराष्ट्रिय सहनशीलता दिवस, अन्तरराष्ट्रिय विद्यार्थी दिवस, छठपर्व व्रत, छठ पूजा/ विश्व सौचालय दिवस]” को उपलक्ष्यमा सबैमा मंगलमय शुभकामना…!!!
२) नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र हो ।
३) यहाँ सबैमा सामन्जस्य, सदभाव, एकता, प्रेम, मेलमिलाप, सौहार्दता, सम्मान प्रचुर मात्रामा छ । अर्थात् हामी सबैको भावना मानवतावादले ओतप्रोत छ ।
४) हाम्रा यी र यस्ता चाडपर्व र अवसरहरुले हामीलाई अझ बढी प्रेमिल, पारदर्शी, इमान्दार बनी हाम्रो अधोगतितर्फ जाँदै गरेको मानसिकता र मुलुकलाई चौतर्फी उन्नति र विकास गर्ने शक्ति प्रदान गरुन् ।
५) पहिचान, समान अवसर, सबै स्थानमा सबैको समुचित प्रतिनिधित्व सुनिश्चित बनोस् ।
६) सबै प्रकारका युद्द, हिंसा, अपराध, दुराचार, विभेद, अनियमितता, भ्रष्टाचार, दण्डहिनता, नातावाद, कृपावादको अन्त्य होस् ।
७) सम्पूर्ण रुपमा लोकतन्त्रले लय लिइ यसको मूल्य, मान्यता, आदर्शहरुलाई व्यवहारिक रुपमा मानवतावादी र लोक कल्याणकारी बनाइ मुलुकलाई शान्त, सुन्दर र विकसित गर्न सक्ने आँट, हिम्मत, साहस, सदवुद्धी हामी सबैलाई प्राप्त होस् । हरेक असहाय, दीन दु:खी, गरीबको पनि चुलो बलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
डा. शोभाकर पराजुली
सम्विधानसभा सदस्य
“समता सदन”, सिमरा
बारा ।







