साजिर मन्सूर
कलैया,मङ्सिर ८
आर्थिक तथा समाजिक रुपान्तरणका लागि समुदाय सशक्तीकरण परियोजना अन्तरगत लुमन्ती आवासका लागि सहयोग समुहले गर्दै आएको कार्यहरूको आज परियोजना समापन भएको छ । बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट को हलमा कार्यक्रम समापन भएको हो । २०६८ सालमा तत्कालिन कलैया नगरपालिका हुदा का बखत नै नगरपालिकाका लेखा प्रमुख मुस्ताक अन्सारी तथा ईन्जिनियर माधव यादवले बिरगंजमा कार्यछेत्र रहेको लुमन्ती संस्थालाई कलैयामा पहल गर्दै ल्याएका थिए । १२ बर्षदेखि निरन्तर कलैया उपमहानगरपालिकाको विभिन्न वडामा रहेका अति बिपन्न दलित,असहाय पिछडिएकाहरुलाई लगानी गरि जिवन स्तर उकास्न सहयोग गरेकोले समापन कार्यक्रमको प्रमुख अतिथी समेत रहेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले धन्यवाद ब्यक्त गरे । मेयर साहले लुमन्ती संस्थालाई अझ पनि कलैयाबाट जान नहुने बताए । साहले लुमन्ती संस्थाका अध्यक्षलाई ३ बर्ष अझ रुक्न आग्रह गरे ।
स्वागत मन्तब्य दिदै कलैयामा १२ बर्ष यहाहरुको माया,स्नेह र अत्यन्तै मिलनसार ब्यवहारले गर्दा यति लामो समयावधि आफुहरुले काम गर्न पाएको कलैयाका प्रमुख अब्दुल कैशले बताए ।
कैशले कलैयामा लुमन्त्ती संस्थालाई कार्यक्रम गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेका सम्पुर्ण ब्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गरे । १५ वडाको ३१ टोलमा संस्थाले कार्य गर्दै आएको कैशले जनाए । २ हजार ६८ घरधुरिलाई लछित गरि काम गरेको जनाए ।संस्था हाल सम्म ३७४ वटा आवास निर्माण गरिसकेको कैशले जानकारी गराएका छन । सरसफाइ, रोड,नाला,खानेपानी,आवास,महिला सशक्तीकरणका छेत्रमा समाजिक बिकासका कार्यहरु दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था गठन,युवा को नेतृत्व बिकास जस्ता कार्यक्रम गरेको कैशले जानकारी गराए । नगरपालिकाले बिपन्न समुदाय स्थानिय तह सङ्ग समन्वय गरेर बिकास गर्नुपर्ने बताए । खासगरी महिलाहरुलाई घरबाट निस्केर समाजमा आफ्नो कुरा राख्न सक्ने बनाउन अत्यन्तै कठिन भएको र यसमा सफलता पाउन ६ बर्श लागेको दुखद छण कैशले सुनाए ।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले संस्था गएपनी महिनामा थोरै भएपनी समय निकालेर कलैयामा गठित समुहहरुको लागि समय छुट्याउन आग्रह गरे । साहले बेला बेला लुमन्त्तीको केन्द्रिय टिम पनि कलैयामा आएर आवस्यकता अनुसार थप कार्यक्रम थप्दै जान बताए ।
बाराकस प्रजिअ नवराज सापकोटाले लुमन्तिलाई धन्यवाद दिदै जिल्लाको सदरमुकाम कलैयामा गरेका कार्यहरू सदैव स्मरणीय रहने बताए ।
लुमन्त्ती को केन्द्रिय अध्यक्ष सुश्मा बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि नगर उप प्रमुख रौशन परविण,जितपुर सिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी,पुर्व नगर प्रमुख राजेश राय यादव,प्रजिअ नवराज सापकोटा,विभिन्न वडाका अध्यक्षहरु,नेपाल महिला संघ बाराको अध्यक्ष बबिता जयस्वाल,समाजसेवी सुरेश मोदक,कलैया उपमहानगरपालिका का योजना शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,कलैया उपमहानगरपालिका का ईन्जिनियर माधव यादव,बारा सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर,शिक्षक नेता बिनोद पास्वान,जित्तपुर सिमरा उपमहानगरपालिका का ईन्जिनियर रामनरेश यादव,बारा उधोग बाणिज्य संघ का अध्यक्ष राजकुमार साह,कलैया उपमहानगरपालिका का तपसी चौरसिया सहित सन्चारकर्मी तथा विभिन्न समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।
MISEREOR/KZE संस्था को आर्थिक सहयोगमा लुमन्तिले कार्यक्रम सन्चालन गर्दै आएको थियो । लुमन्तिको अबको परियोजना बाराकै जितपुर सिमरा उपमहानगरपालिका भित्र कार्यक्रम सन्चालन गर्ने भएको सम्झौता भैसकेको छ ।
लुमन्त्ती संस्थाका सहजकर्ता सुर्यराज पास्वानले सन्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका प्रमुख अब्दुल कैशले गरेका थिए ।