साजिर मन्सूर
कलैया,मङ्सिर १५

३२ औ लैङ्िगक हिंसा विरुद्ध को १६ दिने अभियान अन्तरगत आज जनजागरण युवा क्लबले घरेलु हिंसा तथा यसबाट परिवारमा पर्ने प्रभावका बिषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । महागढिमाई नगरपालिका स्थित श्री गढिमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक बिधालय बरियारपुर को प्राङ्गणमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
महागढिमाई नगरपालिका भित्रका माबीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम श्री गढिमाई महेन्द्र प्राबिधिक नमुना बिधालयको अल्का कुश्वाहा द्वितीय त्यही बिधालयको पृती गुप्ता,तृतीय श्री भोला माबी गन्जभवानिपुरको मुस्कान गुप्ता र सान्त्वना पुरस्कार श्री नेरा माबी बबुआईनको करिश्मा चौरसिया घोषित भैइन ।

प्रतियोगिताको निर्णायकहरुमा दिपेन्द्र प्रसाद यादव,प्रीयन्का कुमारी दास र श्री निवास बैठा रहेका थिए ।

आयोजक संस्था जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवको अध्यक्षता एवम महागढिमाई नगरपालिका का निमित प्रमुख प्रशासकिय अधिकृत बिजय कुश्वाहाको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा बिशिस्ट अतिथि शिक्षा शाखा प्रमुख राम बिश्वास चौरसिया,मनोज साह गोढ,कृष्ण बिश्वकर्मा,कर्ण कुमार प्रजापती सहित शिक्षाप प्रेमिहरुको उपस्थिति रहेको थियो ।
ईस्लामिक रिलिफ क्यानाडा र ईस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र,मेडल,पुरस्कार बितरण गरिएको थियो ।
प्रतियोगिताको सहजीकरण संस्थाकि लक्ष्मी खरेलले गरेकी थिईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर