साजिर मन्सूर
कलैया,मङ्सिर १८
गढिमाई
महागढीमाई नगरपालिका ७ मा हरेक ५ बर्षमा लाग्दै आएको पन्च बर्षिय कटवासी माई पुजा एवम मेला मुल समितिको कार्यालयको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । मेला लाग्ने प्राङ्गणमा नै महागढिमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रिबन काटेर कार्यालयको उदघाटन गरेका छन । प्रमुख अतिथि समेत रहेका मेयर यादवले कटवासी माई भनेको गढिमाई माताको ठूलो दिदी रहेकोले समेत यो मेलाको अर्थ आफैमा महत्व बोकेको बताए । यादवले आफुले यो मन्दिर र मेलाको समुचित ब्यवस्थापन मा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाएका छन ।मेयर यादवले स्थानिय प्रशासन सङ्ग यो मेला भर्न आउने भारतिय दर्षनार्थिहरुलाई कुनै प्रकारको कठिनाई हुन नदिन आवस्यक ब्यवस्थापन गर्न र बोर्डर मा सहजताका लागि आग्रह गरेका छन ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले समेत मेलाको समग्र ब्यवस्थापन मा आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रहरी उपरीक्षक सुरेश काफ्ले ले मेला स्थलमा जाडरक्सी बेच्नमा समितिले नै रोक लगाउन आग्रह गर्दै रक्सी खाएर झैझगडा गर्ने र होहल्ला भएर मेला भर्न आएकालाई समस्या हुने तर्फ देखाउदै सबैको सुरक्षा का लागि यस्तो गर्नुपर्ने बताए । एसपी काफ्लेले मधेशको संस्कार संस्कृति लाई जगेर्ना गरेर हामिले आफ्नो सन्सकार लाई बचाउनु पर्ने र यसैले सन्सारमा नेपालको बिबिधतालाई देखाउन मदत मिल्ने बताए ।
मेला समितीका अध्यक्ष शिवेन्द्र प्रताप सिंहको अध्यक्षता एवम नगर प्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा संविधान सभा सदस्य राम अयोध्या प्रसाद यादव,पुर्व रास्ट्रीय सभा सदस्य रमेश यादव,सुवर्ण गाउपालिका अध्यक्ष राजेश प्रसाद यादव,बिशिस्ट अतिथि प्रजिअ नवराज सापकोटा,प्रहरी उपरीक्षक सुरेश काफ्ले,अनुसन्धानका एसपी अभिनय सिंह ,नेपाली सेनाका प्रतिनिधि,वडा अध्यक्षहरु मनोज कुमार,बिश्वनाथ प्रसाद,उपेन्द्र जैस्वाल,मनोज साह,गजेन्द्र प्रसाद जयस्वाल,गेनालाल प्रसाद यादव,ओहाब अन्सारी ,दिलिप शुक्ला,चन्दन कुमार,अरबिन्द बन्ठा,श्री गढिमाई क्याम्पसका अध्यक्ष उपेन्द्र गुप्ता,जसपाका राजनितीक समिती सदस्य काङ्ग्रेस बारा सचिव समाजसेवी भैयाराम यादव,ललन यादव,सुरेश प्रसाद साह,शिवधारी दास लगायतकाको उपस्थिति रहेको थियो ।


मेला समिती उपाध्यक्ष राजदेव प्रसाद यादवले स्वागत गरेको कार्यक्रमको सन्चालन मोतिलाल कुश्वाहाले गरेका थिए ।







